२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याडमिण्टनको सेमीफाइनल समीकरण पूरा, नेपाल कास्यमा



अ+ अ-

कास्की । पोखरा रङ्गशालामा जारी तेह्रौंँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको ब्याडमिण्टन प्रतियोगितामा नेपाल कास्य पदकमा सीमत भएको छ । ब्याडमिण्टन कोर्टमा भएको सेमिफाइनलमा सिङ्गल, डबल्स र मिक्स डबल्सतर्फका सबै प्रतिस्पर्धा गुमाएपछि नेपाल कास्यमा सीमित भएको हो ।

आजको सेमिफाइनलमा पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडी श्रीलङ्काको डायस अङ्गोडा र बी थारिन्दुको जोडीसँग २१–११ र २१–१९ ले लगातार पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो । पुरुष सिङ्गलतर्फ नेपालका रत्नजित तामाङ भारतका आर्यमान टण्डनसँग २–१ को सेटमा पराजित भए । उहाँ टण्डनसँग २१–१८, १४–२१ र २१–१८ ले पराजित हुनुभएको हो ।

महिला सिङ्गलतर्फ भारतकी अस्मिता चलिदा श्रीलङ्काकी अचिनी निमेसिका रत्नाश्रीलाई २१–५ र २१–७ ले लगातार पराजित गर्दै उपाधि नजीक पुग्नुभयो । सोही इभेण्टमा भारतकी गायत्री गोपीचन्दले श्रीलङ्काकी दिल्मी डायसलाई २१–१७ र २१–१४ ले लगातार पन्छाउँदै फाइनल यात्रा सुरक्षित गर्नुभयो । मिक्स डबल्सतर्फ नेपालका विकास श्रेष्ठ र अनुमाया राईको जोडी भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीसँग २१–१४ र २१–१३ को सोझो सेटमा पराजित भए पनि काश्यमा सीमित भयो ।

महिला डबल्सतर्फ श्रीलङ्काका टी प्रमोदिका र के सिरिमाङ्गेको जोडीले भारतको मेघना जकमपुदी र सिक्की रेड्डीको जोडीलाई २१–१४ र २१–१८ ले लगातार पराजित गर्यो । पुरुष सिङ्गलतर्फ भारतका श्रील वर्माले श्रीलङ्काका दिनुका निसान परेराला करुणारत्नेलाई २१–९ र २१–१२ ले लगातार पराजित गर्दै फाइनल भीडन्त पक्का गर्नुभयो ।

पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले पाकिस्तानको मोहम्मद अतिक र रज्जा मोहम्मद हसिनको जोडीलाई २१–१५ र २१–७ ले लगातार पराजित गरेको छ । मिक्स डबल्सतर्फ श्रीलङ्काको अङ्गोडा र टी प्रमोदिकाको जोडीले बङ्गलादेशको मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीलाई २१–८ र २१–९ ले लगातार पराजित गर्दै फाइनल यात्रा तय गर्यो । सोही इभेण्टको अर्को खेलमा श्रीलङ्काका रत्नाश्री कपुरु र यू को जोडीले भारतको कुहु गर्ग र अनुष्का परिखको जोडीलाई २१–१० र २१–१८ ले लगातार पराजित गर्यो ।

यस्तै तेह्रौँ दक्षिण एशियाली खेलकूलद (साग) अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो खेलमा भारत श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । भारतले आजकै पहिलो खेलमा माल्दिभ्सलाई ५–० गोल अन्तरले हराएको थियो ।

महिला फुटबलमा आज नेपाल माल्दिभ्ससँग खेल्दैछ । पहिलो खेलमा श्रीलङ्कालाई १–० ले हराएको नेपाल आजको खेल जितेमा फाइनलमा पुग्नेछ ।