२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक प्याजका कारण अर्थमन्त्रीको आलोचना



अ+ अ-

काठमाडौं । प्याजको बढ्दो मूल्यको सवालमा भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आफू धेरै लसुन-प्याज नखाने बताएकी छिन्।

बुधबार लोक सभामा राष्ट्रवादी कंग्रेस पार्टीकी सांसद सुप्रिया सुलेले सीतारमणलाई भारतमा प्याज उत्पादनमा किन कमी आएको भन्ने प्रश्न गरेकी थिइन्। जवाफमा मन्त्री सीतारमणले आफू लसुन प्याज धेरै उपभोग नगर्ने परिवारबाट आएको बताएकी हन्।

‘म धेरै प्याज र लसुन खादिनँ, त्यसैले चिन्ता नलिनुहोस्। म यस्तो परिवारबाट आएको हुँ जसले प्याजको धेरै ख्याल राख्दैन,’ उनले भनिन्। उनले यस मुद्दाले आफूलाई व्यक्तिगत रुपमा कुनै असर नपर्ने समेत बताएकी थिइन्।

सीतारमणले बढ्दो प्याजको भाउको कारणबारे सरकारले खोजी गरिरहेको जानकारी दिइन्। उनले उपयुक्त भण्डारणका लागि प्रविधि सुधारको काम अगाडि बढाइएको बताइन्।

अर्थमन्त्री सीतारमणको प्रतिकृया असंवेदनशील भएको भन्दै सामाजिक सञ्जालमार्फत धेरैले विरोध गरेका छन्।

यसैगरी अर्का ट्विटर प्रयोगकर्ता मयुर जम्दारले लेखेका छन् ‘जनता-इन्धनको भाउ महङ्गो भयो। सीतारमन- म एक मन्त्री भएकाले इन्धनको खर्च तिर्दिनँ।’ पछिल्लो समय नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य आकाशिएको छ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले त आफ्नो भान्छाबाट प्याज हटाएकी छन्।