२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुटिङ: २५ मिटर पेस्तोलमा नेपाललाई पछि पार्दै भारतले लग्यो स्वर्ण र रजत दुबै



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङ तर्फ पनि भारतले हिजोको खेलमा बर्चश्व जमायो । महिला २५ मिटर पेस्तोलको व्यक्तिगत र टिम इभेन्टको दुवै फाइनलमा भारतले स्वर्ण पदक जित्न सफल भएको छ । व्यक्तिगत तर्फ स्वर्ण र रजत हात पारेको भारतले व्यक्तिगतमा पनि स्वर्ण जित्न सफल भयो । भारतकी अनुराज सिंहले ३० प्वाइन्टका साथ स्वर्ण पदक जित्दा २८ प्वाइन्ट जोडेकी भारतकै गौरी सिरोनले रजत पदक जितेकी थिइन् ।

यसैगरी पाकिस्तानकी कविर रवियाले २१ प्वाइन्टका साथ कास्य पदक हात पार्न सफल भइन् । नेपाली खेलाडीहरु भने यस प्रतियोगिता अन्तर्गत छनोट राउण्डबाटै आउट भएका थिए । यसैगरी, भारतकी निरज कौर १४ प्वाइन्टका साथ चौथो स्थानमा रहँदा बंगलादेशकी आरदिन फिरदोस १२ प्वाइन्टका साथ पाँचौं, श्रीलंकाकी डी एलभिस ८ अंकसहित छैटौं , ७ अंक जोडेकी श्रीलंकाकी अवियमना एम.टी.आर ६ अंकसहित आठौं स्थानमा रहे ।

टिम इभेन्टसमा भारतीय खेलाडीले बाजी मारे । भारतकी अनुराज सिंह, गौरी सिरोन र निरज कौरको समूहले १६९१ प्वाइन्टका साथ स्वर्ण पदक जितेको छ । यसैगरी श्रीलंकाले रजत पदक हात पारेको छ । श्रीलंकाका डी एलभिस , एम.टी.आर एभियमाना र एस.सी.जी कन्डेवालाको समूहले १६५५ प्वाइन्टका साथ रजत पदक हात पारेको छ । यस्तै पाकिस्तानका लुवना अमिन, रविया कविर र मेविस फरहानको समूहले १६३० प्वाइन्टका साथ कास्य पदक जित्न सफल भयो ।