२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला क्रिकेट: बंगलादेश र श्रीलंका विजयी



अ+ अ-

मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले हराएको हो । भने श्रीलंकाले माल्दिभ्समाथि २ सय ४९ रनको फराकिलो जित दर्ता गरायो । टस हारेर व्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो । नेपालका तर्फबाट सोनु खड्काले सर्बाधिक १२ रन र ईन्दु वर्माले १० रन जोडेपनि अन्य ब्याट्स वुमनले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी अप्सरा वेगमले ५, सिता रानामगरले ३, ममता चौधरीले १ रन जोडिन् भने अन्य खेलाडीले खाता खोल्न सकेनन् । प्लेयर अफ द म्याच रबेया खानले नेपालको महत्वपूर्ण ४ विकेट लिएकी थिइन् । त्यस्तै जहनारा आलमले २, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान १/१ विकेट लिन सफल भए । ५१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले कुनैपनि विकेट नगुमाई ७.४ ओभरमै जित निकाल्यो । बंगलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए ।

२२ बलको सामना गरेकी रहमानले ३ चौका तथा २४ बल सामना गरेकी खातुनले ४ चौका प्रहार गरिन् । बुधबारको अर्को खेलमा श्रीलंकाले कमजोर माल्दिभ्समाथि २ सय २४ रनको जित निकालेको हो । पहिला व्याटिङ गर्दै श्रीलंकाले २ विकेटको क्षतिमा २० ओभरमा २ सय ७९ रनको विशाल योगफल तयार पारेको थियो । श्रीलंकाकाले तर्फबाट प्लेयर अफ द म्याच घोषित हर्षिता माधवीले अविजित १ सय ६ रनको विस्फोटक पारी खेलिन् । उनले ४७ बलमा ३ छक्कार र १५ चौका प्रहार गरिन् ।

शतकको नजिकै पुगेर पनि शतकबाट चुकेकी अर्की खेलाडी सत्या संदिपनीले अविजित ९६ रन बनाइन् उनले ४८ बलमा ३ छक्का ११ चौका प्रहार गरेकि थिइन् । माल्दिभ्सको पारी भने मात्रै १४.५ ओभरमा ३० रनमै समेटिएको थियो । माल्दिभ्सका कुनैपनि खेलाडीले दोहारो आँकडाको योगफल जोडन समेत सकेनन् । उसका लागि सजा फतिमाथले ६, जुना मारिया र हप्सा अब्दुल्लाले ५÷५ रन बनाए । बंगलादेशको वलिङतर्फ अज अनलीले ३, संदिपनीले २ तथा थारिका सेवान्डी, निसन्साला र थिमासिनीले समान १–१ विकेट लिए ।

यो संगै राउण्ड रोविन लिगका सबै टिमले दुई दुई खेल खेलेका छन् । दुईमा दुई जित निकालेको बंगलादेश ४ अंक सहित शिर्षस्थानमा छ भने एक खेलमा जित र एकमा हार व्यहोरेको नेपाल २ अंक सहित दोश्रो स्थानमा रहेको छ । समान २ अंक जोडेपनि श्रीलंका तेश्रो स्थानमा छ भने कुनैपनि जित ननिकालेको माल्दिभ्स पुच्छरमा रहेको छ । प्रतियोगिता अन्तर्गत बिहीबार विहान ११ बजेदेखि शुरु हुने खेलमा बंगलादेश र माल्दिभ्स आमने सामने हुनेछन् ।