२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागमा नेपालको दुर्दशा: महिला खेलाडीको पेस्तोल पड्किएन पुरुषले पाकिस्तानीसँग मागेरै खेले



अ+ अ-

काठमाडैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नयाँ हतियार उपलब्ध गराउन नसक्दा सागमा सुटिङ खेलाडी २० वर्ष पुराना पेस्तोल बोकेर प्रतिस्पर्धामा उत्रिएका छन् । जब कि अन्य देशका खेलाडी नयाँ र अत्याधुनिक मोडलका पेस्तोलसहित प्रतिस्पर्धामा छन् । कतार, कुवेतलगायत देशबाट २० वर्ष पहिले अनुदानस्वरूप पाएका पेस्तोल नेपाली खेलाडीले प्रयोग गरिरहेका छन् । यी पेस्तोल पड्कनेनपड्किने टुंगो हुँदैन । बुधबार महिलाको २५ मिटर स्ट्यान्डर्ड पस्तोलमा नेपालकी सीमा तुलाधर पेस्तोल नपड्किएकै कारण लज्जित हुनुपर्यो ।

स्पर्धाको प्रारम्भमा दुई राउन्ड प्रतिस्पर्धा हुन्छ । पहिलो राउन्डको प्रतिस्पर्धामा पाँच मिनेटभित्र ३० पटक फायर गर्नुपर्दछ, प्रत्येक १० सेकेन्डमा एकपटक फायर गर्न पाइन्छ । तर, पहिलो फायरमै सीमाको हतियार चलेन, अन्य देशका खेलाडी आफ्नो खेलमा केन्द्रित हुँदा सीमाले पिस्तोलमा गोली लोड गर्नमै संघर्ष गर्नुपर्यो । सीमाले जसोतसोे २ सय ७५ स्कोर गरेर त्यो राउन्ड कटाइन् । दोस्रो राउन्डमा राम्रो गरेको भए उनले फाइनल चरण खेल्न पाउँथिन्, पदकको आशा जीवित हुने थियो । तर, दोस्रो राउन्डमा पनि हतियार चलेन ।

प्रत्येक तीन सेकेन्डको अन्तरमा लगातार ३० फायर गर्नुपर्ने दोस्रो राउन्डमा हतियार नचल्दा उनी पछि परिन् । पदक सम्भावना त टुंगियो नै, अन्य खेलाडीसामु लज्जित पनि हुनुपर्यो । ‘पहिलो राउन्डमा केही समय बढी हुने भएकाले फेरि लोड गरेर फायर गर्न सफल भएँ । तर, दोस्रो राउन्डमा समय थोरै थियो । त्यसैले प्रदर्शन सोचेजस्तो भएन,’ सीमाले भनिन् । मंगलबार भएको पुरुषतर्फको २५ मिटर (यापिड फायरमा पनि समस्या उस्तै थियो ।

तीन नेपाली खेलाडीका लागि एउटा मात्रै हतियार थियो । पहिलो राउन्डको खेलमा विजय कार्की एक्लैले हतियार लिएर खेले । त्यसपछि नेपालका अन्य दुई खेलाडी सुमन तुलाधर र अनिल ठकुरीले एकसाथ प्रतिस्पर्धा गर्नुपर्ने भयो, उनीहरूले बाध्य भएर पाकिस्तानी खेलाडीसँग हतियार मागेर खेले । ‘हतियार छैन भनेर खेल्न नदिने कुरा पनि भएन,’ नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ भन्छन् ।

१३औँ साग सुरु हुनुअघि सबैभन्दा बढी चिन्ता सुटिङकै खेल सामग्रीलाई लिएर गरिएको थियो । घातक हातहतियार लिएर खेल्नुपर्ने भएका कारण नेपालमा खेलाडी आफैँलाई यी सामग्री खरिद गर्ने अनुमति छैन । सम्बन्धित खेल संघले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को पहलमा सरकारबाट अनुमति लिएर यी हतियार खरिद गर्नुपर्ने प्रावधान छ । अध्यक्ष श्रेष्ठका अनुसार सुटिङ संघले प्रक्रिया पनि अघि बढाएको थियो । तर, हतियार आइपुगेन ।

‘सुटिङ संघले १३औँ सागकै लागि भनेर १२ करोड (भन्सारबाहेक) रुपैयाँको हतियार खरिद गर्न परिषद्मा निवेदन दिएको थियो,’ उनले भने, ‘गृह मन्त्रालयको अनुमति लिएर राखेपले सामग्री खरिद गर्न टेन्डर पनि गरेको हो । तर, टेन्डर कसैको पनि परेन । त्यसैले हामीसँग अरू उपाय नै रहेन ।’ प्रतिस्पर्धा आइतबारसम्म चल्नेछ, नेपाली खेलाडीले यस्तै अवस्था व्यहोर्नुको विकल्प नरहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । नयाँ पत्रिका दैनिकबाट




भर्खरै