२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले आफ्नै सहकर्मीलाई हाने गोली, अर्कोले उनलाई हाने



अ+ अ-

काठमाडौं । आफ्नै सहकर्मी प्रहरीले गोली प्रहारबाट पाँच जना इन्डो-टिबेटियन बोर्डर प्रहरी (आइटिबिपी) को मृ’त्यु भएको छ।

स्थानीय प्रहरीका अनुसार भारतको छत्तिसगढमा बुधबार नारायणपुरस्थित कडेनार क्याम्पको ४५ औं बटालियनमा प्रहरी जवानले एक-अर्कालाई गोली हान्दा पाँच जनाको मृ’त्यु हुनुका साथै तीन जना घा’इते भएका छन्।

एक प्रहरी जवानले गोली हानेर चार जनालाई मारेपछि उनलाई पनि गोली हानिएको प्रारम्भिक जानकारी पाइएको प्रहरी प्रमुख सुन्दर राज पीले पीटिआइलाई बताए।