२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज सागको चौंथो दिन १६ खेल हुँदै, कुन खेल कहाँ ? (सम्पुर्ण जानकारी सहित)



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज (बुधबार) काठमाडौं र पोखरामा १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागमा बुधबार क्रिकेट, साइक्लिङ, एथ्लेटिक्स, फुटबल, गल्फ, कराते, ब्याडमिन्टन, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ ।

पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल हुनेछ भने अन्य खेल काठमाडौंमै हुनेछ । सागको तेस्रो दिनसम्म नेपाल २३ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ भने भारत १९ स्वर्णसहित दोस्रो स्थानमा छ ।

क्रिकेट: साग क्रिकेट अन्तर्गत महिलातर्फ बुधबार नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दै छ ।पोखरा रंगशालामा हुने खेल बिहान १० बजे हुनेछ । महिलातर्फको अर्को खेलमा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । यस्तै टियु क्रिकेट मैदानमा हुने पुरुषतर्फ बंगलादेश यू-२३ ले माल्दिभ्स र श्रीलंका यू(२३ ले भुटानको सामना गर्नेछ ।

कराते: आज नेपालले करातेमा ४ स्वर्णको लागि प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित कराते हलमा हुनेछ । करातेमा नेपालले व्यक्तिगत कुमुते र टिम कुमुते गरी १३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष व्यक्तिगत कुमुतेतर्फ ५० केजीमा सोनाम लामा र महिलातर्फ ६८ केजीमा अनुपमा मगरले खेल्नेछिन् ।

यसैगरी महिला टिम कुमुतेतर्फ रिता कार्की, सनी तामाङ, एस्टर राई र अस्मिता वाईबाले खेल्नेछिन् । पुरुष टिम कुमुतेतर्फ बिनोद शाक्य, दिगम्बर पन्त, लेखनाथ मैनाली, सुशिल पौडेल, नबिन रसाईली, मुकुन्द महर्जन र अर्जुन बागचनले खेल्नेछन् । करातेमा नेपालले ९ स्वर्ण जिकिसकेको छ ।

उसु:आज उसुमा नेपालले दुई स्वर्णको लागि प्रतिस्पर्धा गर्दैछ । नेपालको पुरुषतर्फ हुने दुई खेलमा पुरुषतर्फ स्वर्ण पदकका लागि नेपालका थाउलोतर्फ दिपक हमाल र हरि प्रसाद गोले भिड्दैछन् । अन्य स्पर्धाको खेलहरु समेत हुनेछ । तर, स्वर्णको तय भने हुनेछैन ।

फुटबल:पुरुष फुटबलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले साँझ ५ बजे श्रीलंकासँग भिड्ने छ । फुटबलमा बुधबार एक मात्र खेल हुनेछ ।

सुटिङ: मंगलबारबाट सुरु भएको सुटिङतर्फ आज विभिन्न खेलहरु हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा बुधबार विभिन्न स्पर्धामा खेलहरु हुनेछ । सुटिङमा नेपाल पदक विहिन रहेको छ ।

तेक्वान्दो:तेक्वान्दोमा बुधबार विभिन्न खेलहरु हनेछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा बुधबार गेरुगीतर्फ प्रतिस्पर्धा हुनेछ । तेक्वान्दोको अहिलेसम्म ९ स्वर्ण जितिसकेको छ ।

खोखो:खोखोको महिलातर्फको उपाधिका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनलमा नेपालले बंगलादेशलाई ७–६ ले पराजित गर्दा भारतले श्रीलंकालाई २५–१ को फराकिलो अन्तरले हराएको थियो । पुरुषतर्फ बंगलादेश र भारतले प्रतिस्पर्धा गर्नेछ । नेपालले तेस्रो स्थानको लागि श्रीलंकासँग खेल्नेछ ।

एथ्लेटिक्स:एथ्लेटिक्सतर्फ बुधबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । काठमाडौंको दशरथ रंगशालामा बिहान ९ बजेबाट एथ्लेटिक्सको ९ स्पर्धा सुरु हुनेछ ।

ब्याडमिन्टन:पोखरामा हुने ब्याडमिन्टनतर्फ बुधबार एकल तथा टिम इभेन्टको खेलहरु हुँदैछ । नेपालले एकलमा खराब प्रदर्शन गर्दा डबल्स र मिक्स डबल्समा सुधारिएको प्रदर्शन गरिरहेको छ ।
नेपालले सोमबार पुरुष र महिला टिमको दुवै स्पर्धामा कास्य जितेको थियो ।

गल्फ: गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहान १० बजेबाट खेल सुरु हुनेछ । पुरुष ब्यक्तिगततर्फ नेपालका शुक्र बहादुर राईले अग्रता बनाएका छन् । पुरुष टिममा पनि नेपालले अग्रता बनाएको छ । गल्फको एकलतर्फ नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

टेबल टेनिस:लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार विभिन्न स्पर्धामा खेल हुनेछ । मंगलबार नेपालले पुरुष टिममा रजत र महिला टिममा कास्य जितेको छ ।

ट्रायथलन:पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत बुधबार १ स्वर्णको लागि खेल हुनेछ ।
मिक्स टिम रिलेतर्फ नेपाल, भारत र श्रीलंकाका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिलासहितको एक÷एक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २।५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।
यस अघि नेपालले दुई स्वर्ण जितिसकेको छन् ।

टेनिस:सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । टिम इभेन्ट्सको पुरुष र महिलातर्फ नेपालको दुवै टिम बाहिरिसकेको छ ।

ह्यान्डबल: पोखरामा ह्यान्डबल बुधबार सुरु हुनेछ । पहिलो दिन चार खेल हुनेछ । महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दा भारतले माल्दिभ्सको सामना गर्नेछ । पुरुषतर्फ नेपाल र श्रीलंका तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।

साइक्लिङ:साग अन्तर्गत साइक्लिङतर्फ बुधबार विभिन्न स्पर्धाको सुरु हुनेछ । साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुनेछ ।

कब्बडी: कब्बडीको खेल बुधबारबाट सुरु हुनेछ । कब्बडी एपीएफ मैदानमा खेल्नेछ ।




भर्खरै