२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटमा नेपाल पराजित, पारस खड्का एक रनमै आउट



अ+ अ-

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्काको यु २३ सँग छ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस हारेपछि ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७२ रन बनायो । एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काका लागि शाम्मु आशानले अविजित ७२ रन बनाए । उनले ४४ बल खेल्दै पाँच छक्का र चार चौका प्रहार गरे । यस्तै निशान मदुशकाले ४२ खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ४६ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले दुई तथा सोमपाल कामी र सुशन भारीले एक/एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्दै नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले अविजित रहँदै ४४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ७२ रन बनाए । यस्तै पवन सर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका कामिन्दु मेन्डिसले दुई तथा दुविन्दु तिलकरत्ने, आसिता फ्रनान्डो र काविष्का अन्जुलाले एक एक विकेट लिए ।