२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुवाथोलनमा नेपाललाई एक स्वर्ण र दुई रजत पदक



अ+ अ-

काठमाडौं । नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत ट्रायथोलनको आज पोखरामा सम्पन्न स्प्रिन्ट विधाको डुवाथोलन प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ एक स्वर्ण र एक रजत पदक जितेको छ । त्यसैगरी डुवाथोलनको महिलातर्फ नेपाल एक रजत पदक जित्न सफल भयो ।

गौरीघाटमा भएको प्रतियोगितामा निर्धारित पाँच किमी दौड, २० किमी साइकल र पुनः दुई दशमलव पाँच किमी दौड ५७ मिनेट ३३ सेकेण्डमा पूरा गरी नेपालका हिमाल टमाटाले देशलाई स्वर्ण पदक दिलाएका हुन् । नेपालकै लक्ष्मण मल्लले निर्धारित दूरी ५९ मिनेट १३ सेकेण्डमा पूरा गरी रजत तथा श्रीलङ्काका अशिथ परेराले ५९ मिनेट ३२ सेकेण्डमा दूरी पार गरी रजत पदक प्राप्त गरे ।

त्यसैगरि महिलातर्फ श्रीलङ्काका एराङ्गा दुलाक्षीले निर्धारित दूरी एक घण्टा पाँच मिनेट ५८ सेकेण्डमा पार गरी स्वर्ण पदक प्राप्त गरिन् भने नेपालका भूमि बुढामगरले एक घण्टा आठ मिनेट ५८ सेकेण्डमामा तोकिएको दूरी पूरा गरी रजत प्राप्त गर्न सफल भइन् । श्रीलङ्काका उदय कुमारीले एक घण्टा नौ मिनेट नौ सेकेण्डमा निर्धारित दूरी पूरा गरी काश्य पदकमा चित्त बुझाइन् । सागको ट्रायथोलनमा आयोजक नेपालसहित भारत र श्रीलङ्काले सहभागिता जनाएका छन् ।

ट्रायथोलनमा पाँच स्वर्ण, पाँच रजत र पाँच काश्य गरी १५ पदकका लागि प्रस्पिर्धा भइरहेको छ । ट्रायथोलनमा सोमबार भएको प्रतिस्पर्धामा महिलातर्फ नेपाल तथा पुरुषतर्फ भारतले स्वर्ण पदक जितिसकेको छ । प्रतियोगिताअन्तर्गत बुधबार ‘मिक्स रिले’मा प्रत्येक देशबाट दुई÷दुई जना महिला तथा पुरुष गरी १२ जनाबीच प्रतिस्पर्धा हुँदैछ । फेवातालमा ३०० मिटर पौडी, छ दशमलव पाँच किमी साईक्लिङ र साढे दुई किमी दौड रिलेमा समेटिएको छ ।