२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सको लनटेनिस टोलीमा नेपाली प्रशिक्षक, नेपालको भन्दा माल्दिभ्सको चिन्ता



अ+ अ-

काठमाडौं । अहिले नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग) मा झुमेको छ। आइतबार भव्य उद्घाटनबाट सुरु भएको सागको रौनकता अझै एक सातासम्म चल्नेछ। २० वर्षपछि आफ्नै भूमिमा फर्किएको सागमा आफ्ना खेलाडीको उत्कृष्ट प्रदर्शनका लागि सारा नेपालीले प्रार्थना गरिरहँदा कास्कीका कुमार अधिकारीलाई भने नेपालको भन्दा माल्दिभ्सको चिन्ता छ। दक्षिण एसियाको ‘मिनी ओलम्पिक’ मानिने सागमा कुमार माल्दिभ्सको लनटेनिस टोली लिएर नेपाल आएका छन्।

त्यसैले आफ्नो टोलीले बढीभन्दा बढी पदक जितोस् भन्ने चाहँदाचाहँदै पनि मातृभूमि पछि परोस् भन्ने चाहिँ उनी सोच्नसम्म पनि सक्तैनन्। ‘आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरोस् भन्ने चाहना त सबैको हुन्छ’, कुमारले भने, ‘यस्तोमा कर्मभूमिभन्दा जन्मभूमिको माया र महत्व विशेष हुँदो रहेछ।’ विगत दुई वर्षदेखि माल्दिभ्सको लनटेनिस टोली सम्हाल्दै आएका कुमार चार पुरुष र चार महिला टोली लिएर नेपाल आएका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाए पनि सोमबार खेलाडीले उनलाई खुसी दिलाउन भने सकेनन्।

महिला तथा पुरुष टिम इभेन्टमा माल्दिभ्सको टोली पराजित भयो। महिला टोलीलाई नेपालले हरायो भने पुरुष टोली भुटानसँग स्तब्ध बन्यो। कुमार सन् २०१७ मा माल्दिभ्स पुगेका थिए। त्यहाँ बस्दै आएका हरि हायुको सम्पर्कका आधारमा कुमार माल्दिभ्स पुगेका थिए। माल्दिभ्सको लनटेनिसको राष्ट्रिय टोली सम्हाल्दै आएका फिलिपिन्सका प्रशिक्षकको सम्झौता सकिएपछि सुरुमा दुई वर्षका लागि माल्दिभ्सको उमेरसमूह र राष्ट्रिय टोली सम्हालेका कुमारको कार्यकाल अहिले थप एक वर्ष थपिएको छ।

कुमारले विभिन्न उमेरसमूहका साथै गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८औं एसियाली खेलकुदमा पनि प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। सानो राष्ट्र भएकाले माल्दिभ्समा धेरै खेलाडी नभए पनि संघले लनटेनिसको विकासमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए। ‘माल्दिभ्समा जम्मा एक सय ५० जना खेलाडी छन्। तर, उनीहरूको प्रोत्साहनका लागि संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ’ उनले भने, ‘उमेरसमूहदेखि सिनियर स्तरसम्मका कार्यक्रम ल्याइएको छ।’

कुमार माल्दिभ्स जानुअघि काठमाडौंको अमेरिकी क्लबमा टेनिस सिकाउँथे। सुरुको एक वर्ष मार्करका रूपमा काम गरेका उनले त्यसपछि १३ वर्ष टेनिस प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। नेपालमा पनि राम्रै आम्दानी गर्दै आएका उनी यहाँको भन्दा राम्रो सुविधा पाएपछि माल्दिभ्स गएको बताए। कुमार बुवाको प्रेरणाले लनटेनिसमा लागेका हुन्। उनका बुवा दुर्गाप्रसाद पोखराको टेनिस कोर्टमा काम गर्थें। अरूले टेनिस खेलेको देखेर उनले छोरालाई पनि त्यही खेलमा लगाए। कुमारले काठमाडौंमा बसेर लामो समय लनटेनिस खेले।

उनी सन् २००७ देखि २०१२ सम्म राष्ट्रिय च्याम्पियन बने। त्यही क्रममा २०६८ सालमा धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जिते। कुमार पछिल्लो समय नेपालमा लनटेनिसले निकै फड्को मारेको बताउँछन्। ‘हाम्रो समयमा प्रशिक्षण गर्ने मुस्किल पथ्र्यो। अहिले खेलाडीले नियमित प्रशिक्षणका साथै एक्सपोजर पनि पाएका छन्’, कुमार भन्छन्, ‘तर धनीको खेलका रूपमा विकास हुँदा मध्यमवर्गीय भने वञ्चित हुन थालेका छन्।’ अन्नपुर्णपोष्ट दैनिकबाट