२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेक्वान्दोमा कमल श्रेष्ठलाई स्वर्ण पदक



अ+ अ-

काठमाडौैंं । तेस्रो पटक नेपालले आयोजना गरेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक हात पार्नुभएको छ ।

पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा उहाँले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । कमलले ८.२७० अङ्क ल्याउँदै स्वर्ण जित्नुभएको हो । पराजित भारतका राहुलले ८.२०० अङ्क ल्याउनुभएको थियो ।

सोही स्पर्धामा श्रीलङकाका निसाशङ्कासे आसिङ्गेले कास्य पदक हात पार्नुभयो । उहाँले ८.०६० अङ्क प्राप्त गर्नुभएको थियो ।

त्यसअघि कृष्णबहादुर तामाङले तेक्वान्दोको १७ देखि २३ वर्ष उमेर समूहमा रजत पदक हात पार्नुभयो । उहाँले श्रीलङ्काको रौनुका प्रभातसँग पराजित हुर्दै रजत पदकमा चित्त बुझाउनुभएको हो ।