२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिडिसिए कप: उपाधि एनसिसीलाई



अ+ अ-

बैतडी । बिडिसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १९ औँ संस्करणको उपाधि निङ्ग्लाशैनी क्रिकेट क्लब (एनसिसी)ले हात पारेको छ । उपाधि भिडन्तमा एनसिसीले पञ्चकोटी युवा क्लबलाई १२९ रनले पराजित गरेको हो । निङ्ग्लाशैनी खेल मैदानमा सम्पन्न फाइनल खेलमा एनसिसीले दिएको २१३ रनको विशाल लक्ष्य पन्छाएको पञ्चकोटी १६ दशमलव ४ ओभरमा ८३ रनमा सीमित रह्यो ।

जसमा किसन बुडालले १४ र आशिष बुडालले ११ रन बनाउनुबाहेक अन्य दोहोरो अङ्कमा रनसमेत बनाउन सकेनन् । एनसिसीका रिसिकेश बोहराले चार, गजेन्द्र बोहराले दुई र वीरेन्द्र नाथले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एनसिसीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१२ रन बनायो, जसमा वीरेन्द्र नाथले अर्धसतकीय पारी खेल्दै ८६ रनको योगदान गरे । उत्कृष्ट प्रदर्शन गरेका वीरेन्द्रले ५० बलको सामना गर्दै ६ छक्का र ९ चौकासहित ८६ रन जोडेको हो ।

यस्तै खडक बोहराले ४५ र प्रकाश नाथले ४२ रन बनाए । पञ्चकोटीका दिनेश बुडाल, प्रकाश बुडाल, डम्बर बुडाल र दीपक दमाईले समान १÷१ विकेट लिए । एनसिसीका लागि अलराउण्डर प्रदर्शन गरेका वीरेन्द्र नाथ म्यान अफ द फाइनल चुनिए । उपाधिसँगै एनसिसीले ३० हजार पुरस्कार पायो भने पञ्चकोटीले २० हजारमा चित्त बुझायो । एनसिसीले बिडिसिए कप उचालेको यो पाचौँ पटक हो ।