२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज



अ+ अ-

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ ।

काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिए ।

उनले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताए । उनले ती चिकित्सकको दर्ता किताबबाट नाम हटाइएको बताए  ।

“नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १७ जना चिकित्सकको काउन्सिलको दर्ता किताबबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएको छ”, उनले भने ।

उनका अनुसार यसरी लाइसेन्स खारेजीमा पर्ने चिकित्सकहरूमा डा शर्मिला गुरुङ, डा रोशन भुसाल, डा मोती गुरुङ, डा देवराज रेग्मी, डा मेरिना गुरुङ, डा नीरञ्जनदेव पाण्डे, डा रोजन केसी, डा ममता गुरुङ, डा राजीव हमाल, डा सलुजा सिंह थारुलगायत रहेका छन्।

यस्तै डा सुजना केसी, डा जोस्ना शाही, डा मनिषा हमाल, डा सुप्रिया शाक्य, डा इच्छा न्यौपाने, डा दीपेन ढकाल र डा तुसार सरवजना रहेका छन् ।

ती लाइसेन्स खारेज गरिएका चिकित्सक व्रिटिश, अमेरिकी, पोर्चुगाली, क्यानडियन, भारतीय, अस्ट्रेलियन, हङ्कङलगायत देशको नागरिता लिएका छन् ।