बलिउड नायिका डिम्पल कपाडियाकी आमा बेट्टी कपाडियाको शनिबार राती निधन भएको छ । केही दिन अघि मात्रै आफ्नो ८० औं जन्मदिन मनाएकी बेट्टी कपाडिया पछिल्लो केही दिनअघि बिरामी थिइन् त्यसपछि उनलाई हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो ।

रिपोर्टका अनुसार डिम्पलकी आमा बेट्टीलाई सास फेर्न समस्या थियो । जसबारेमा केही दिन अघि मात्रै डिम्पलले पनि जानकारी दिएकी थिइन् । डिम्पल र उनकी छोरी ट्वींकल खन्नालाई थुप्रै पटक अस्पताल गइरहेको भेटिएको थियो जसका कारण डिम्पलको स्वास्थ्य खराब भएको हो कि भनेर अनुमान गरिएको थियो । यसमाथि स्पष्टिकरण दिँदै डिम्पलले आमाको स्वास्थ्यबारे जानकारी दिएकी थिइन् ।












