२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड ६० सदस्यीय टोली लिएर १० दिने भ्रमणका लागि चीन जाने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको भाइचारा सम्बन्धलाई नयाँ उचाइका साथ अघि बढाइने भएको छ । सत्तारूढ नेकपाले दुई पार्टीबीचको भाइचारा सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन अध्यक्षकै नेतृत्वमा पार्टीको उच्चस्तरीय भ्रमण टोली चीन पठाउने भएको हो । सोहीअनुसार (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ६० सदस्यीय टोली लिएर १० दिने भ्रमणका लागि चीन जाने कार्यक्रम तय गरिएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा दाहाललगायतको टोली २४ मंसिरमा चीन जाँदै छ । नेकपा स्कुल विभागको समन्वयमा हुने दाहालको चीन भ्रमण टोलीमा पार्टी स्थायी कमिटीका नेताहरूको समेत सहभागिता हुनेछ । भ्रमणमा १० भन्दा बढी स्थायी समितिका सदस्यहरू सहभागी हुने जनाइएको छ । दाहाल तीन दिन मात्रै चीनमा बस्ने र भ्रमण टोलीका बाँकी सदस्यहरू १० दिनसम्म बस्ने बताइएको छ । चिनियाँ राष्ट्रपति सीको हालै सम्पन्न नेपाल भ्रमणपश्चात् नेपाली टोलीको यो भ्रमण उच्चस्तरीय रहेको छ ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलका क्रममा अध्यक्ष दाहाललाई चीन भ्रमणको निम्तो दिएका थिए । दुई महिनाअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले काठमाडौंमा सी विचारधाराबारे छलफल गरेका थिए । त्यसक्रममा दुई कम्युनिस्ट पार्टीबीच भाइचाराको सम्बन्ध स्थापना गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार यो भ्रमण तय भएको नेकपा स्कुल विभागका उपप्रमुख वेदुराम भुसालले बताए ।

दाहाल नेतृत्वको भ्रमण टोलीमा स्थायी समिति सदस्य भीम रावल, टोपबहादुर रायमाझी, रघुजी पन्तसहित नेताहरूका साथै प्रेम आले, यज्ञराज सुनुवार, भानुभक्त जोशीलगायतका नेताहरू रहनेछन् । भ्रमणटोलीमा पार्टीका केन्द्रीय सदस्य र केही जिल्ला अध्यक्ष रहने बताइएको छ ।
यसैबीच नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल टर्की र मेसोडोनियाको भ्रमण गरी शनिबार स्वदेश फर्किएका छन् ।

टर्कीको इस्तानबुलमा आयोजित ‘दसौं बोस्फोरस सम्मेलन’ मा सहभागी हुन उनी ६ मंसिरमा त्यसतर्फ प्रस्थान गरेका थिए । टर्कीपछि उनी मेसोडोनिया गएका थिए । मेसोडोनियामा रहँदा उनले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । टर्कीमा भएको सम्मेलनमा गत शनिबार उनले नयाँ विश्व व्यवस्था, मानव केन्द्रित विकास, प्रविधि र सुशासनका विषयमा सम्बोधन गरेका थिए ।

टर्कीका राष्ट्रपतिको निमन्त्रणामा उनी त्यसतर्फ गएका थिए । सम्मेलनमा विश्वका विभिन्न देशका पूर्वसरकार प्रमुखको सहभागिता रहेको थियो । मेसोडोनियामा उनी बालकोन विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा सहभागी भएका थिए । राजधानी दैनिकबाट




भर्खरै