२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मा ६५.४३ प्रतिशत मत: ५२ पदमध्ये २३ पदको परिणाम, १७ पदमा नेकपाकै विजय



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ३७ जिल्लाका रिक्त ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनमा धमाधम मत परिणाम आउने क्रम जारी छ । सो निर्वाचनमा कुल ६५.४३ प्रतिशत मत खसेको छ । शनिबार राति अबेरसम्म ५२ पदमध्ये २३ पदको परिणाम आएको छ । जसअनुसार नेकपाले १७ पदमा विजय हासिल गरेको छ भने कांग्रेस ४ र समाजवादीले १ र राजपाले १ स्थानमा विजयी हासिल गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जिल्लाबाट मतपरिणाम आउनेक्रम सुरु भएको जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाका अनुसार सबैभन्दा बढी ८५ प्रतिशत मत रौतहट र हुम्लामा खसेको छ । यस्तै सबैभन्दा कम १६.४ प्रतिशत मत रोल्पाको थवाङमा खसेको छ । आयोगका अनुसार उपनिर्वाचनमा ३७ जिल्लामा गरी ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेकोमा जम्मा २ लाख ९७ हजार १ सय ३७ जनाले मात्रै मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की २ मा ७१ हजार ८ सय ७१, प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुरमा ४५ हजार १५, बागलुङमा ३५ हजार १ सय ८४ र दाङमा ६८ हजार ७ सय १९ मतदाता रहेका थिए ।

जसमध्ये प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा भएको उपनिर्वाचनमा ६५ प्रतिशत मत अर्थात् ४६ हजार ५ सय ३७ मत खसेको छ । यस्तै, प्रदेशसभा सदस्यका लागि मतदान भएको भक्तपुरमा ७० प्रतिशत मत अर्थात् ३१ हजार ६ सय ८२ मत खसेको छ । यसैगरी, बागलुङमा २१ हजार २ सय ९५ अर्थात् ६१ प्रतिशत मत खसेको छ । यस्तै, दाङमा ४५ हजार ७ सय १९ अर्थात् ६७ प्रतिशत मत खसेको आयोगले
जनाएको हो ।

यसैगरी, नगरपालिकातर्फ धरान उपमहानगरपालिकाका लागि भएको उपनिर्वाचनको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिकामा ६६ प्रतिशत, मकालु गाउँपालिकामा ६५ प्रतिशत र पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ८५ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ । उपनिर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र गरी ३ सय ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी छन् ।

उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ ११, प्रदेशसभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलले सहभागिता जनाएका छन् । प्रतिस्पर्धामा उत्रिएका कुल ३ सय ३७ जना उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २ सय ५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभातर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी जम्मा २१, प्रदेशसभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्फ राजनीतिक दलका २ सय १३ र स्वतन्त्र ६० गरी जम्मा २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
उपनिर्वाचनका लागि ३७ जिल्लामा गरी २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका थिए ।

उप निर्वाचन २०७७

  • थवाङ–१ रोल्पा
  • कुमाख–५ सल्यान
  • पुर्नवास–३ कञ्चनपुर
  • सुन्दरबजार–२ लमजुङ
  • दक्षिणकाली–३ काठमाडांै
  • इन्द्रावती–८ सिन्धुपाल्चोक
  • बडीगाढ–२ बाग्लुङ
  • धुलिखेल–२ काभ्रेमा
  • साकेला–३ खोटाङमा
  • पौवादुम्ना–१ भोजपुर
  • साकेला–३ खोटाङमा
  • आदर्श–२ डोटी
  • रुरुक्षेत्र–६ गुल्मी
  • खाँदबारी–३ संखुवासभा
  • त्रिवेणी–१ बाजुरा
  • बुढीकाली–५ नवलपरासी (पूर्व)
  • सुर्नया–१ बैतडी
  • गढिमाई–२ रौतहट
  • खैरहनी–५ चितवन
  • हरिपुर्वा १ सर्लाही राजधानी दैनिकबाट