२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनमै अफगान टिम धराशायी



अ+ अ-

लखनऊ । वेस्ट इन्डिज र अफगानिस्तानबीच लखनऊमा खेलिएको टेस्ट क्रिकेट तीन दिनभित्रै समाप्त भएको छ । वेस्ट इन्डिजका स्पिनर राखिम कोर्नवालको घातक बलिङका कारण अफगानिस्तानको टिम ९ विकेटले पराजित भएको हो ।

यी दुई टिमबीच तटस्थ खेल मैदानका रुपमा छानिएको भारतको लखनऊमा एक मात्र टेस्ट खेल हुँदैछ ।

वेस्ट इन्डिजका कोर्नवालले १० विकेट लिएपछि अफगानिस्तानको दोस्रो पालि १२० रनमै सीमित भएको थियो । जितका लागि केबल ३१ रनको चुनौती पाएको वेस्ट इन्डिजले तेस्रो दिन एक घण्टाभित्रै निर्धारित लक्ष ७।१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले तेस्रो दिनको पहिलो शत्रमा बाँकी तीन विकेट लिएका थिए । दोस्रो दिनको अन्त्यसम्ममा अफगानिस्तानले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाएको थियो ।

टस हारेर ब्याटिङको निम्ता पाएको अफगानिस्तानले पहिलो इनिङमा १८७ रन बनाएको थियो भने वेस्ट इन्डिजले २७७ रन बनाएको थियो ।

अफगानिस्तानले सन् २०१७ मा टेस्ट खेल्न मान्यता पाएको थियो, र यसै वर्षको शुरुमा दुई वटा टेस्ट खेल जितेको थियो ।

यसैवर्ष भारतविरुद्धको टेस्ट खेलमा अफगानिस्तान दुई दिनभित्रै पराजित भएको थियो, तर मार्च र सेप्टेम्बरमा क्रमशः आयरल्याण्ड र बंगलादेशलाई अफगानिस्तानले पराजित गरेको थियो ।