११ असार २०८३, बिहीबार
,
Latest
समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिद्वारा नुवाकोटको पर्यटकीयस्थलको भ्रमण



अ+ अ-

बेत्रावती । उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन् । काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म आइपुगेका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घारवस (होमस्टे) सहित पर्यटकीय गन्तव्य बनाउन सके यसबाट धेरै आम्दानी लिन सकिने बताए । उनले यो धेरै पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसलाई सोही अनुरुप विकास गर्न प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलाई सुझाब दिए । सुन्दरीजल हुँदै चिसापानी आउने क्रममा उनले सुन्दरीजलस्थित विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको शालिकमा पुष्पगुच्छा अर्पण गरे ।

सो क्रममा उनले बिपी र गणेशमानको जेल जीवन, उनीहरुले प्रयोग गरेका सामग्री, बहुदलीय व्यवस्था स्थापनाको सङ्घर्षमा प्रयोग गरिएका तोप लगायतका फौजी सामग्री, विसं २०३३ मा नगदसहित अपहरण गरिएको हवाईजहाजलगायत ऐतिहासिक सामग्रीको समेत अवलोकन गरेका थिए । उपराष्ट्रपति पुनले वाग्मती सुधार आयोजनाको पनि अवलोकन गरे ।