२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध हराउनै पर्ने दबाबमा नेपाल मैदानमा आज उत्रदै



अ+ अ-

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) पुरुष भलिबलमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल भारतसंग खेल्दैछ । नेपालको पुरुष भलिबल टिमले समूह चरणको अन्तिम खेलमा दक्षिण एसियाली भलिबलको पावर हाउस भारतसंग खेल्न लागेको हो । समूह एको पहिलो खेलमा बंगलादेशसंग ३–२ को सेटमा नेपाली टिम पराजित भएको थियो ।

नेपाललाई सेमिफाईनलको आश जिवित राख्न भारतलाई जित्नै पर्ने दबाब छ । तर नेपाल भारतिय टिमसंग बारमबार पराजित हुँदै आएको छ र कमजोर साबित भईरहेको छ । सागको तयारीका लागि भारतमा गएको नेपाली टिमले भारतको राष्ट्रिय भलिबल टिमसंग तीन मैत्रीपूर्ण म्याच खेल्दा तीनै वटा खेलमा सोझो सेटमा पराजित भएको थियो । नेपालले १० सेटमा जम्मा एक सेटमा जित निकालेको थियो ।

१३ औ सागमा पदकको आश राखेको नेपालले पहिलो खेलमै बंगलादेशसंग पराजित भएपछि पदक सम्भावना नाजुक बनाएको छ । साग खेलकुदमा पुरुष भलिबल पदक विहिन छ । आजै हुने समूह बीको खेलमा श्रीलंका र माल्दिभ्स राति ७ बजे भिड्नेछन् । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।