११ असार २०८३, बिहीबार
,
Latest
समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानको गोठमा पुगेन अनुदानको सूचना



अ+ अ-

चुरियामाई । कृषिजन्य उत्पादन वृद्धिका लागि सरकारले किसानलाई अनुदानको व्यवस्था गरेको भए पनि उक्त सूचना आफूहरुसम्म नआएको कृषकको गुनासो छ । मकवानपुरको मनहरि गाउँपालिका, जहाँ अत्यधिक तरकारी उत्पादन हुन्छ, त्यहाँ यो सूचना पुगेको छैन ।

सो गाउँपालिका–६ सुनाचुरीमा तरकारीखेती गर्दै आउनुभएका कृषक शम्भु श्रेष्ठले पालिकाको सूचना आफूसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी खेतीबाटै गुजारा गर्ने मान्छे बिहानदेखि साँझसम्म खेतबारी र गोठमै हुन्छौं, सूचना पालिकामै हुन्छ, पालिका जाने फुर्सद हुदैन थाहा हुँदासम्म ढिलो भइसक्छ पाइँदैन ।” उहाँले थप्नुभयो, “अव थाहा पाए पनि पाउनको लागि कागजपत्र मिलाउनपर्छ अरे दशथरीका कागजपत्र मिलाउन हामी नपढेकालाई गाह्रो छ नि ।”

सरकारले व्यक्तिलाई भन्दा पनि समूहलाई प्राथमिकता दिने गरेकाले किसानलाई समूहमा बस्न अनिवार्य गरेसँगै कृषक समूह बनाएर सामूहिकतामा काम गर्न थालेको सुनाचुरी एकीकृत कृषक समूहका अध्यक्ष शिवलाल मुक्तानले बताउनुभयो । उहाँका अनुसार यसले कृषि क्षेत्रमा सामूहिकताको भावना तथा व्यावसायिक कृषितर्फ आकर्षित गर्नुका साथै अभावमा पनि सहयोग पाइने गरेको बताउनुभयो । यद्यपि त्यस्ता समूहलाई पर्याप्त सूचना नहुँदा समूहमा काम गरेको र अनुभवको अभावमा घाटा व्यहोर्नु परेको किसान भने सरकारको योजना भन्दा बाहिर हुनुपरेको उहाँको भनाइ छ ।
सरकारले दिने अनुदान समूहमा पाइन्छ भन्नेबारे थाहा भएको र बाँकी कारोबारको सहजताका लागि पनि अहिले कृषक समूहमा बस्न थालेको समूहकी कोषाध्यक्ष सपना खतिवडाले बताउनुभयो । उहाँ भन्नुहुन्छ,“अब खेतीपातीबाटै जीवन धान्ने खेतबारीमै व्यस्त हुन्छन्, आगाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले सूचना नपुगेका गाउँमा चाँडै सूचना लग्न बजेट र कार्यक्रम तय गरिएको बताउनुभयो ।जभोलि यसो कामतिर लगामनत भन्दा पनि गाउँमा मान्छे पाइन्न अनि पालिकाको सूचना हेर्ने फुर्सद कस्को हुनु, तेहीँभएर पनि किसानसम्म अनुदान नपुगेको हो के ।”