११ असार २०८३, बिहीबार
,
Latest
समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ भूमि विधेयक ल्याउँदै सरकार



अ+ अ-

काठमाडौं । सरकारले गुठीलाई समेटेर नयाँ भूमि विधेयक ल्याउने भएको छ।

बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै नयाँ विधेयक ल्याउन भूमि सुधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको बताए।

‘गुठीको जग्गासम्बन्धी कुराहरू छन् तर कति संविधानका अधिकार र उत्पादकत्वका विषय छन्,’ बाँस्कोटाले भने,‘भूमिको वैज्ञानिक प्रयोग बढाउन भूमिसम्बन्धी एकीकृत विधेयक बनाउन सैद्धान्तिक सहमति दिइएको छ।’

सरकारले यसअघि गुठीसम्बन्धी छुट्टै विधेयक ल्यएपछि उक्त विधेयकको चौतर्फी विरोध भएपछि सरकारले विधेयक फिर्ता लिएको थियो।