११ असार २०८३, बिहीबार
,
Latest
समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा दुई दिन जोर-बिजोर प्रणाली लागू हुने



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अवसरमा चक्रपथभित्र दुई दिन जोर–विजोर प्रणाली लागू गर्ने भएको छ। ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा सहज होस भन्दै दुइ दिन जोर विजोर प्रणाली लागू गरिएको प्रहरीले जनाएको छ।

साग सुरक्षा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने बताए।

जसअनुसार साग उद्घाटनको दिन अर्थात १५ गते बिजोर नम्वरका सवारीसाधन मात्रै संचालन हुने छन् भने समापन हुने दिन २४ गते जोर नम्वर प्लेटका सवारीमात्र संचालन हुनेछन्।

त्यस्तै ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ। सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन।