११ असार २०८३, बिहीबार
,
Latest
समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति क्षेत्र विकास कोषलाइ विद्युतीय सवारी



अ+ अ-

काठमाडौं । भारतीय दूतावास काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाइ दुइवटा विद्युतिय सवारी सहयोग गरेको छ । दूतावास अन्तर्गतको भारतीय महिला संघले कोषलाइ तीन पाँग्रे दुइ सवारी साधन हस्तान्तरण गरेको हो । संघकी अध्यक्ष नम्रता पूरीले बुधबार कोषका सदस्यसचिव डाक्टर प्रदिप ढकाललाई पशुपति मन्दिर परिसरमै आठ सिट भएको उच्चतम ‘लिथियम आयन ब्याट्री’ सहितका दुईवटा विद्युतीय सवारी हस्तान्तरण गरेकी छन् । यी वातावरणमैत्री सवारी भारतीय कम्पनी गायाम मोटर वक्र्सले निर्माण गरेको हो ।

यी वातावरणमैत्री सवारी विशेषगरी पशुपति मन्दिर दर्शन गर्न आउने जेष्ठ नागरिक, असक्षम, बालबालिका र महिलाहरुका लागि उपयोगी हुने पूरीले विश्वास व्यक्त गरिन । साथै यी सवारीले दुईजना महिलालाई रोजगारीको अवसर पनि प्रदान गर्नेछ । यो सहयोगले नेपाल भारतबीचको धार्मिक एवम् सांस्कृतिक सम्बन्धको निकटतालाइ दर्शाएको दूतावासको विश्वास रहेको छ ।

भाारतीय दूतावासको संरक्षकत्वमा संचालित भारतीय महिला संघ एक सङ्गठन हो जसले नेपालमा रहेका भारतीय महिलाहरुलाई एउटै मञ्चमा ल्याउने काम गर्दछ । यस संघले भारतीय र नेपाली महिलाबीच अन्तरक्रियाका लागि मञ्च प्रदान गर्नुका साथै दुवै मुलुकका विभिन्न समुदायबीच सद्भाव र मित्रतालाई प्रवद्र्धन गर्ने काम गर्दछ ।

संघले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरु पनि गर्दै आएको छ । हालै यस संघले काठमाडौंको नव ईन्द्र धनुष अंग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथी, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरु सन्चालन गरेको छ ।