११ असार २०८३, बिहीबार
,
Latest
समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा ४३९ उद्योग दर्ता



अ+ अ-

सप्तरी । जिल्लामा उद्योगको सङ्ख्या ४३९ पुगेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १७५ उद्योग दर्ता हुँदा उद्योगको सङ्ख्या ४३९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

नयाँ उद्योग दर्ताबाट रु ३८ लाख ७२ हजार ६४० राजश्व सङ्कलन भएको र ५८३ लाई रोजगारी सिर्जना भएको उद्योग अधिकृत सन्तोषकुमार साहले बताउनुभयो । सो कार्यालयका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा जम्मा ४३९ उद्योगले भने एक हजार ४०४ लाई रोजगारी दिएको छ । कूल पूँजी रु ३८ करोड ६९ लाख ८१ हजार रहेका उद्योगले प्रति उद्योग करीब चार जनालाई रोजगारी सिर्जना गरेका उद्योग अधिकृत साहले बताउनुभयो ।

सो कार्यालयले उद्योग र वाणिज्य दुवै तर्फबाट रु एक करोड ७९ लाख ७३ हजार ६६८ राजश्व आम्दानी गरेको उद्योग साहले जानकारी दिनुभयो । मुलुकको आर्थिक विकास र समृद्घिको आधार स्तम्भ उद्योग नै रहेको भन्नुहुँदै साहले स्वावलम्बी तथा आत्मनिर्भर भई उद्योग व्यवसाय दर्ता गर्ने प्रक्रियामा तीव्रता आएको बताउनुभयो ।

घरेलु तथा साना उद्योग र उत्पादनले प्रोत्साहन पाएकामा खुशी व्यक्त गर्नुहुँदै उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधानले ठूला उद्योग स्थापना गर्न प्रदेश र सङ्घीय सरकारले जोड दिनुपर्ने बताउनुभयो । उद्योगको विकास नभए जिल्ला र मुलुकको विकास नहुने भन्दै प्रधानले सबै निकायले एक भएर औद्योगिक वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।