११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला र प्रदेश कमिटीको एकता टुङग्याउन निर्देशन



अ+ अ-

काठमाडौँ । प्रेस सङ्गठन नेपालले यही मङ्सिर २० गतेसम्म जिल्ला र प्रदेश कमिटीको एकता टुङ्गाउन निर्देशन दिएको छ । सङ्गठनले प्रदेश र जिल्ला कमिटी दुवैमा केन्द्रीय कमिटीकै अनुपातमा सदस्य निर्धारण गरे अनुसार टुङग्याउन निर्देशन दिएको सङ्गठनका संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश कमिटी संयोजक र सहसंयोजकसहित बढीमा १९ सदस्यीय र जिल्ला कमिटी बढीमा ४१ सदस्य नबढ्ने गरी प्रदेश कमिटीले तय गर्ने व्यवस्था छ । सङ्गठनले एक व्यक्ति एक पदको नीति लागू गर्दै कमिटी एकता गर्दा संयोजक र सह–संयोजक पूर्व कमिटिका अध्यक्ष संयोजक रहने व्यवस्था गरिएको छ । यदि पूर्व अध्यक्ष संयोजक कमिटीमा बस्न नमिलेमा वा अर्कालाई हस्तान्तरण गर्न चाहेको अवस्थामा सहमतिका आधारमा वरिष्ठ र सक्रियताको आधारमा चयन गर्न सकिने निर्देशनमा उल्लेख गरिएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको सङ्ख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो । साविक चौतारीबाट १२४ र सेन्टरबाट १०९ गरी केन्द्रीय कमिटीको सङ्ख्या २३५ सदस्यीय कायम गरिएको छ ।