२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली चेक बनाएर ६ जनाले निकाले २० लाख



अ+ अ-

काठमाडौं । नक्कली चेक बनाएर जनता बैंकबाट १९ लाख ९९ हजार रुपैया निकासा भएको छ । प्रहरीका अनुसार जनता बैंकको बानेश्वर शाखामा खाता रहेका गोपालमान राज बाहकको खाताबाट सो रकम निकासा गरिएको हो ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे पाँचखाल घर भई हाल कालिमाटी बस्ने सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल बाग्लुङ गलकोटका बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोक साविक ज्यामिरे ९ घर भई हाल सुविधानगर बस्ने गोविन्द घिमिरेलाई पक्राउ गरेको छ। प्रहरीले उनिहरुको साथबाट १९ लाख बरामद गरेको हो ।

घटनामा संलग्न भएको आशंका प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट सात दिनको म्याद थपिएको एसएसपी सुवेदीले जानकारी दिए।