२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। स्वाथ्यमा सुधार आएपछि भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाले भने, हिजोभन्दा प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा क्रमशः सुधार आएको छ’ ब्याकअपका राखिएको भेन्टिलेटर हटाउन लागिएको हो।’

एक्कासी पेट दुखेपछि मंगलबार बिहान चेकजाँचका लागि हस्पिटल पुगेका ओलीको एपेन्डिक्समा समस्या देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको हो।

प्रधानमन्त्री ओलीलाई केहीदिन हस्पिटलमै रही आराम गुर्नपर्न चिकित्सकहरुको भनाइ छ। अन्नपुर्णपोष्ट