२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन डी’ओरको लायक छुईन, तीन खेलाडी यसको मुख्य दाबेदार छन्: एम्बाप्पे



अ+ अ-

पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार केलियन एम्बाप्पेले यस वर्षको बालेन डीुओर जित्नका लागि आफु लायक नभएको बताएका छन् । उनले करियरको अगामी दिनमा भने सो सम्मान हासिल गर्न सकिने बताएका हुन् । अवार्डको प्रारम्भिक सूचीमा भने २० बर्षिया खेलाडी एम्बाप्पे अटाएका छन् । लिभरपुलका भर्जिल भान डिजिक, बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अवार्डका मुख्य दाबेदार हुन् ।

बालेन डी ओर जित्ने सम्भावाबारे एम्बाप्पेले भनेका छन्, ‘म निकै व्यवहारिक हुनुपर्छ । म यसको लायक छैन । त्यहाँ तीन खेलाडी यसको मुख्य दाबेदार हुन् ।’ उनले भने व्यक्तिगत रुपमा आफुले धेरै अवार्ड जितेको तर फुटबल एक्लै नखेलिने भएको हुँदा हार र जितलाई स्विकार गर्नैपर्छ । उनले सन् २०१९ मा पीएसजीबाट लिग वानको उपाधि जितेका थिए ।

तर पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा म्यान्चेष्टर युनाईटेडबाट निराश भएको थियो । च्याम्पियन्स लिगको उपाधि जित्न सफल डिजिक अवार्डका मुख्य दोबदार हुन् । उनको क्लब लिभरपुल प्रिमियर लिगमा दोस्रो बनेको थियो ।

यस्तै बार्सिलोनाका मेस्सी समेत छैटौ पटकका लागि अवार्डको मुख्य दाबेदार मानिएका छन् ।व्यक्तिगत रुपमा सबै प्रतियोगितामा क्लबबाट ५० गोल पुरा गरेका उनले ला लिगाको उपाधि रक्षा गरेका थिए ।