२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औं साग: फुटबल सहित चार खेलको टिकट निर्धारण गरियो



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले फुटबल सहित कम्तिमा चार खेल हर्नका लागि टिकट निर्धारण गरेको छ । फुटबल सहित भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि राखेपले टिकट निर्धारण गरेको हो । सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मुल्य निर्धारण गरिएको छ भने भलिबल र बास्केटबलको टिकट मुल्य ५ सय राखिएको छ ।

क्रिकेटको टिकट मुल्य २ सय देखि ५ सयसम्म पर्ने बताईएको छ । समूह चरणको खेलका लागि २ सय र सेमिफाईनल र फाईनलका लागि ५ सय टिकट मुल्य राख्ने तयारी गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । ‘चार खेलको टिकट मुल्य निर्धारण गरिएको छ ।’ राखेप सदस्य सचिव रमेश सिलवालले भने । साथै अन्य खेलका बिषयमा संघहरुसंग छलफल गरिरहेको। र चाँडै टिकट लाग्ने मुल्य र टिकट दर टुङ्गो लगाउँने पनि बताए ।


सागमा स्वर्ण विजेता नेपाली फुटबल टिम । फोटो – द हिमालय टाईम्स

राखेपले यसअघिनै प्रतियोगिताको प्रशारण अधिकार भारतीय कम्पनी नक्षत्र न्युजलाई बेचिसकेको छ । प्रतियोगिताका अधिकांश खेल नेपाल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाईनेछ । प्रशारण अधिकार किनेर नक्षत्र खेलहरुको प्रत्यक्ष प्रशारणका लागि नेपालका टेलिभिजनसंग छलफल गरिरहेको छ ।