२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औं साग गुमाउनेमा विमलसहित तीन खेलाडी



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका स्ट्राइकर विमल घर्ति मगरसहित तीन खेलाडीले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन् । उनीहरु विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलअघि अनुशासनको कारबाहीमा परेका थिए । विमलसहित मिडफिल्डर अन्जन बिष्ट र डिफेन्डर दिनेश राजवंशीले साग खेल्न नपाउने पक्का भएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग छलफल गर्दै एन्फाले उनीहरुलाई टिम बाहिर राख्ने निर्णय गरेको साग टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले खुलाएका छन् । ‘राखेपका पदाधिकारीसँग छलफल गरेर हामीले नयाँ खेलाडी ल्याएका छौँ, ‘प्रशिक्षक महर्जनले भने, ‘अनुशासनको कारबाहीमा परेका खेलाडीले साग खेल्ने छैनन् ।’

उनीहरुको स्थानमा नयाँ तीन खेलाडी टिममा राखिएको समेत प्रशिक्षक महर्जनले बताए । प्रशिक्षक महर्जनका अनुसार टिममा प्रिजेन तामाङ, राजिब लोप्चन र राजेश परियार बोलाईएको छ । कुवेतसँगको खेलका लागि भुटान प्रस्थान गर्ने अघिल्लो रात नाइट क्लब गएपछि एन्फाले टिममा रहेका चार खेलाडीलाई कारबाही गर्दै टिमबाट हटाएको थियो ।

जसमध्ये मिडफिल्डर सन्तोष तामाङ भने साग खेल्ने टिममा थिएनन् । तीनै खेलाडी भारतमा भएको १२ औं सागमा नेपालले स्वर्ण जित्दा टिममा रहेका थिए ।