२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथो पटक डायलासिसमा प्रधानमन्त्री ओली, ग्रान्डी अस्पतालमा भर्ना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चौथोपटक डायलासिस गरिएको छ । उनको आइतबार ग्रान्डी अस्पतालमा डायलासिस गरिएको हो । प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्या सिंह शाहले प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षणपछि डायलासिस सुरु गरिएको जानकारी दिइन् ।

११ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको १८ देखि २७ साउनसम्म सिंगापुरमा उपचार भएको थियो । उपचारका क्रममा ओलीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो । एन्टिबडी बन्ने प्रक्रिया रोकी बनेको एन्टिबडिज शरीरबाट बाहिर निकालिएको थियो ।

चिकित्सकका अनुसार व्यक्तिको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलाविरुद्ध शरीरले उत्पादन गरेको हानि गर्ने तत्वलाई एन्टिबडी भनिन्छ । त्यसले प्रत्यारोपण गरेको मिर्गौलालाई हानि पुर्याउँछ । क्रियाटिनिन बढ्नु भनेको शरीरले एन्टिबडी बनाउनु हो । अधिकांश एन्टिबडी मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा देखिन्छ । राजधानी दैनिकबाट