११ असार २०८३, बिहीबार
,
Latest
कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी र अभिभावक चितवनको सडकमा, मन्त्रालयको समय भोली सकिदै



अ+ अ-

चितवन । चितवन मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभगरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा बृहत् प्रदर्शन गरिएको छ। आईतबार विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाइमा चितवनमा प्रदर्शन गरिएको हो।

चितवनको चौबिसकोठीबाट निस्केको जुलुसमा विद्यार्थीको नेतृत्व चिकित्सा शिक्षा संघर्ष समितिले गरेको छ। अभिभावक र नागरिक स्वस्स्फूर्त जुलुसमा सहभागी भएका छन्। शिक्षा मन्त्रालयले १५ दिनभित्र बढी उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न १५ दिनको समय सोमबार सकिँदैछ।

शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानुनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारबाही गर्ने भनेपनि अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेका छैनन्। सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार तोक्दापनि मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी बताउँछन्।

होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजहरूले जथाभावी शुल्क उठाइरहेको विद्यार्थीको गुनासो छ।