११ असार २०८३, बिहीबार
,
Latest
महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल कलेज भन्यो : पेस्तोल भेटिएको घटनाको अनुसन्धान होस्



अ+ अ-

चितवन । कलेज प्रशासनले चितवन मेडिकल कलेजको होस्टलभित्र भेटिएको पेस्तोल र गोलीबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । घटनाका सम्वन्धमा आरोप प्रत्यारोप नगरी निष्पक्ष छानविनमा सहयोग गर्न कलेज प्रशासनले अपिल गरेको छ ।

प्रहरीले शनिबार दिउँसो कलेजको छात्रावास नजिकको खेल मैदानमा नीलो झोलामा ‘मेड इन युएसए’ लेखिएको १११७ पेस्तोल एक थान, म्यागजिन एक थान, गोली दुई थान, थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान लगायतका सामाग्री भेटेको थियो ।

कलेजले उठाएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै निकै लामो समयदेखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आइतबार प्रर्दशन गर्ने तयारी गरेको अघिल्लो दिन हतियार भेटिएको थियो ।

कलेज प्रशासनले आइतबार विज्ञप्ति जारी गरी घटनामा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउन अनुरोध गरेको छ ।