११ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोनिजको ‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया



अ+ अ-

पोखरा । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी पोखरामा ‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा पोखरामा क्रियाशील ३० जना पत्रकारको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पत्रकारिता संवेदनशील पेशा भएकाले तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने विषयमा जोड दिए । उनले निर्वाचनको समाचार सङ्कलन गर्दा निर्वाचन आचारसंहिताको पालना गरेर समाचार सङकलन र सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए ।

जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले प्रस्तुत गरेको कार्यपत्रमा राजनीतिक दल, उम्मेद्वार, नागरिक समाज, मतदाता र सञ्चारकर्मीको काम कर्तव्य र दायित्व लगायतका विषय समेटिएको थियो । उनले उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको र निर्वाचन, स्वच्छ र मर्यादित बनाउने जिम्मेवारी सबैको रहेको बताए ।

पत्रकार भरत कोइरालाले निर्वाचनको रिपोर्टिङ गर्दा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता र जिम्मेवारीका बारेमा प्रस्तुति राखेका थिए । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीका अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।