११ असार २०८३, बिहीबार
,
Latest
कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ६०० भन्दा बढीले पाए उपचार



अ+ अ-

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ मा शनिबार आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको उपचार गरिएको छ । युनिक कलेज अफ मेडिसिन साइन्स एण्ड हस्पिटल प्रालि तथा नेपाली सेनाको राजविराजस्थित भीमदल गणको संयुक्त आयोजनामा आयोजित स्वास्थ्य शिविरमा ६०० भन्दा बढीले उपचार सेवा प्राप्त गरेको गणका कार्यअधिकृत अमरबहादुर थापाले जानकारी दिए ।

युनिक अस्पताल र सेनाले बस्तीमै गएर निःशुल्क जाँच र औषधि वितरण गरेपछि ठूलो राहत मिलेको जाँचका लागि आएका स्थानीयवासी बिरामीको भनाइ छ । जिल्लाको अतिविकट मानिएको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरामा गरीबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेका जनतालाई लक्षित गरी सो शिविर आयोजना गरिएको भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरले बताए ।

यस्ता शिविर सेनाले विगतमा पनि विभिन्न विकट र विपन्न बस्तीमा लक्षित गरी चलाउँदै आएको जानकारी दिँदै यसलाई निरन्तरता दिने काम गरिएको उनले बताए । शिविरमा उपचारका लागि आएका बिरामीलाई निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो । यस्तै शिविरमा फेला परेका जटिल प्रकृतिका रोगीलाई सिफारिस गरी अस्पताल पुर्याउने र त्यहाँ निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको युनिक कलेज अफ मेडिसिन साइन्स एण्ड हस्पिटल प्रालिका प्रमुख जयप्रकाश ठाकुरले बताए ।

शिविरमा अस्पतालका निर्देशक डा सञ्जय सिंहको नेतृत्वमा डा रवीन्द्र चौधरी, डा संजित साह, डा प्रमोद साह, डा अमरेन्द्र यादव तथा भीमदल गणका १० स्वास्थ्यकर्मीसहित २५ सदस्यीय चिकित्सकको टोलीले शिविरमा जाँच गरेको थियो ।