२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनरागमन जित आत्मसाथ गर्दै म्यानचेस्टर सिटी



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीसंग चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सीलाई २–१ गोल अन्तरले सिटीले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीको एक गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । एनुगोलो कान्टेले खेलको २१ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, केभिन डी ब्रुएनले २९ औं मिनेटमा गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

त्यसपछि ३७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । जितसँगै १३ खेलबाट २८ अंक जोडेको सिटी लिगको तेस्रो स्थानमा रहेको छ । १३ खेलमा २६ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ ।