२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस लिगमा बार्सिलोना संघर्षपूर्ण जित समेट्दै



अ+ अ-

स्पेनिस लिगमा बार्सिलोनाले लेगानेसलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा पुछारको टिमविरुद्ध बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो ।खेलको १२ औ मिनेटमा युसुफ इन नेश्यरीले घरेलु टोली लेगानेसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको ५३ औ मिनेटमा लुईस स्वारेजको गोलमार्फत बार्सिलोना खेलमा फर्किएका थिए। अतुर्रो भिडालले खेलको ७९ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाउन सफल रहे ।

भिडाल वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । जितसंगै बार्सिलोना तालिकाको शीर्ष स्थानमा यथावत छ । लेगानेस ६ अंक सहित तालिकाको पुछारमा छ ।