२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र नेकपासँग वार्ता गर्न समाजवादी पार्टीको उच्चस्तरीय वार्ता टोली गठन



अ+ अ-

काठमाडौं । समाजवादी पार्टीले सरकार र नेकपासँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । शनिबार बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार र नेकपासँग वार्ता गर्न संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठको वार्ता टोली गठन गरेको हो ।

प्रधानमन्त्री केपी ओलीले पार्टीसँग कुनै सल्लाह नै नगरी मन्त्रीको हेरफेर गरेपछि संविधान संशोधन र सरकारमा बस्ने/नबस्नेबारे छलफल गर्न वार्ताटोली गठन गरेको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताए । प्रधानमन्त्री ओलीले अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुनमा हेरफेर र राज्यमन्त्री सुरेन्द्र यादवलाई बर्खास्त गरेपछि सरकारमा बस्ने÷नबस्ने निर्णय गर्न पदाधिकारी बैठक बसेको थियो ।

अध्यक्ष यादव दिल्लीबाट शुक्रबार राति नेपाल फर्किएपछि बैठक बोलाइएको थियो । सबै पदाधिकारीले पछिल्लो राजनीतिक घटनाक्रमबारे आ–आफ्ना धारणा थालेपछि तीनबुँदे सहमति गरेर बैठक सकिएको थियो । पहिलो बुँदामा प्रधानमन्त्रीले सत्तासाझेदार दलका रूपमा समाजवादी पार्टीसँग कुनै परामर्श नगरी मन्त्रिमण्डल पुनर्गठन गर्नु सामान्य राजनीतिक मूल्य–मान्यता र संस्कृति प्रतिकूल भएकाले गम्भीर असहमति जनाएको छ ।

दोस्रो र तेस्रो बुँदामा मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा र तत्कालीन फोरमले गरेको दुईबुँदे सहमति कार्यान्वयन गर्न नेकपा र सरकारसँग वार्ता गर्न अध्यक्ष भट्टराईको संयोजकत्वमा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठको उच्चस्तरीय वार्ता टोली गठन भएको छ । नयाँ पत्रिका दैनिकबाट