२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री ज्ञवाली रुसमा, नेपाल भ्रमणको निम्तो रुसी राष्ट्रपति पुटिनलाई



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुसी महासंघ र सर्बियाको औपचारिक भ्रमणका लागि शनिबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवाली आइतबार रुसको राजधानी मस्को पुगने कार्यक्रम छ । उनले सोमबार समकक्षी सेर्गेई लाभरोभसँग द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ज्ञवालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट पठाइएको औपचारिक भ्रमणको निमन्त्रणापत्र समकक्षीलाई हस्तान्तरण गर्नेछन् ।

वार्तामा द्विपक्षीय लगानी, पर्यटन, कनेक्टिभिटी, व्यापारका विषयमा छलफल हुनेछ । परराष्ट्रमन्त्री ज्ञवालीले मंगलबार मस्कोमा इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सद्वारा आयोजित कार्यक्रममा नेपाल रुस सम्बन्ध तथा सहकार्यबारे सम्बोधन गर्नेछन् । परराष्ट्रमन्त्री ज्ञवाली बुधबार मस्कोबाट सर्बियाको राजधानी बेलग्रेड भ्रमणमा जानेछन् । यो वर्ष नेपाल र सर्बिया (पूर्वयुगोस्लाभिया)बीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वर्ष हो ।

ज्ञवालीले सर्बियाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डाकिकसँग द्विपक्षीय भेटवार्ता गर्ने तथा सर्बियाको उच्च राजनीतिक नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । लगानी तथा पर्यटन प्रवर्द्धनका लागि बेलग्रेडमा परराष्ट्रमन्त्री ज्ञवालीले स्थानीय चेम्बर अफ कमर्स तथा ट्राभल र टुर अपरेटरसँग बेग्ला–बेग्लै अन्तर्किया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट