११ असार २०८३, बिहीबार
,
Latest
महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दिने र माग्ने परम्पराबाट विकास हुदैन’



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिने र माग्ने परम्पराबाट विकास सम्भव नहुने बताउनुभएको छ ।

रिपोर्टस क्लब कर्णाली प्रदेशको पहिलो अधिवेशनको आज वीरेन्द्रनगर सुर्खेतमा उद्घाटन गर्दै उहाँले आवश्यकता र प्राथमिकताका आधारमा हुने विकासले मात्र मुलुक समृद्धिको दिशातर्फ अघि बढ्ने बताउनुभयो । सत्तामा रहनेले बजेट बाँड्ने र सडकमा रहनेले माग्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णाली आफैँमा अत्यन्तै सुन्दर प्रदेश हो । केहीले भन्छन्, कर्णाली सुनको डल्ला हो त कसैले भन्छन्, उत्कृष्ट भूमि हो । यही सुनको डल्लो हो होइन भन्ने वास्तविक कुराको प्रमाणित गर्ने जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ ।” त्यसका साथै कर्णालीमा थुप्रै समस्या भएको जनाउँदै उहाँले यसको विकासका लागि पत्रकारले स्वच्छ सिपाहीको भूमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो ।

“कर्णाली नबन्नुका कारण अरुलाई दोषी देख्नुहुँदैन”, उहाँले भन्नुभयो, “अब आत्मसमीक्षा गर्न जरुरी छ । हामी कमजोर छैनौँ, गरेर देखाउन सक्छौँ । यसका लागि हामीमा साझा चिन्तनका साथ अघि बढ्ने एकीकृत सोचको विकास हुनुपर्छ ।” भाषा, संस्कृति र सभ्यताको विराट इतिहास बोेकेको कर्णाली प्रदेशका सम्भावना र चुनौतीलाई अवसरमा बदल्न सर्वाङ्गीण पक्ष एक हुनुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले मुलुकको दिगो विकासको आधार निर्माण गर्नु प्रमुख दायित्व रहेको उल्लेख गर्दै प्राथमिकताका क्षेत्रलाई पहिचान गर्ने र त्यसका आधारमा विकास गर्ने पद्धति लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीसँग उपलब्ध साधन स्रोतको एकीकृत व्यवस्थापनगरी आजको प्रमुख समस्या समाधान गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।” वितरण संस्कृतिले उल्लेख्य प्रगति नआउने उहाँको जिकिर थियो ।