११ असार २०८३, बिहीबार
,
Latest
कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै वडा सचिवविहीन



अ+ अ-

बैतडी । बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवविहीन छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । सचिवविहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिनुभयो । साविकको छ गाविसका छ वटा प्राविधिक सहायकलाई नौ वटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ । तीन जनाले दुई वडा र अन्य तीन जनाले एक एक वडामा काम चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीको भनाइ थियो । कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीविहीन भएका हुन् ।

वडा कार्यालयमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको र यसले सेवाग्राहीलाई समस्या भएको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले बताउनुभयो । गाउँपालिकामा समेत दुईजना मात्रै कर्मचारी छन् ।