११ असार २०८३, बिहीबार
,
Latest
महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै



अ+ अ-

महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन शुरु गरिएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र सडक अतिक्रमण गरी सयौँको सङ्ख्यामा बनाएका टहराहरु धमाधम हटाउन थालेको हो ।

सडक खाली गर्न पटकपटक समय दिँदा पनि पसलेहरुले अटेरी गरेपछि नगरपालिकाले आजदेखि टहरा तोडफोड गर्दै अतिक्रमित सडकका जग्गाहरु खाली गराउन थालेको छ । नगरपालिकाबाट खटिएका नगर प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले नगरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउने अभियान थालेको हो ।