११ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल चोर्ने प्रहरीको फन्दामा



अ+ अ-

सुर्खेत । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

प्रहरीले उहाँको साथबाट भे९प ८९६९ नंको मोटरसाइकल बरामद गरेको छ । शाहीले मङ्सिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३–०२, ०१०प ९४४० नंको पल्सर मोटरसाइकल चोरी गरेको खुल्न आएको छ । प्रहरी जाँच क्रममा बुधबार सुर्खेत–जुम्ला सडकखण्डमा उक्त मोटरसाइकलको इन्जिन र च्यासिस नम्बर मिल्न गएको हुँदा प्रहरीले शाहीलाई नियन्त्रण लिएको हो ।

जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले ती युवाको साथबाट प्रहरीको युनिफर्मसहितको दुईप्रति फोटो र नेपाल प्रहरी जवान पदको परिचयपत्र फेला पारेको जानकारी दिनुभयो । “चोरीको मोटरसाइकल, प्रहरीको परिचयपत्र बरामद गरेका छौँ”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा प्रहरीको परिचयपत्र नक्कली रहेको खुलेको छ ।”