११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनसम्बन्धी कोष स्थापना



अ+ अ-

बैतडी । दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउन चालू आर्थिक वर्षमा रु २५ लाखको आकस्मिक कोष स्थापना गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विपद् व्यवस्थापन योजना बनाएर कोषको स्थापना गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए । उनले भने, “विपद् व्यवस्थापनका लागि नगरस्तरीय विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समितिलाई समेत सक्रिय बनाइएको छ ।”

दशरथचन्द नगरपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले पनि कार्यक्रम सञ्चालन गरिरहेको छ । दशरथचन्द नगरपालिकाले विपद् जोखिम न्यूनीकरण क्षेत्रमा थुपै्र काम गरेको रेडक्रसका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए ।