११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाप बढ्दो भएपछि छयानब्बे जना कैदीबन्दी स्थानान्तरण



अ+ अ-

चितवन । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढ्दै गएपछि स्थानान्तरणको प्रक्रियालाई तीव्र पारिएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार चालू आवमा विभिन्न मितिमा गरी ९६ जना कैदीबन्दीको यहाँबाट स्थानान्तरण गरिएको छ । पछिल्लो पटक कात्तिक ३० गते १२ महिला र पाँच पुरुष गरी १७ जनालाई कारागार कार्यालय पाल्पा पठाइएको छ । जसमा महिलासँगै एक आश्रित बच्चा पनि रहेको उनले बताए ।

कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुलाई स्थानान्तरण गरिएको काफ्लेले जानकारी दिए । यसअघि भदौ ५ गते वीरगञ्ज कारागारमा २४, कात्तिक ३ गते मकवानपुरको भीमफेदी कारागारमा ५४ र कास्कीमा एकजना स्थानान्तरण गरिएको थियो । कारागारको क्षमता पुरुषतर्फ २५५ र महिलाको २५ जना रहेको छ । अहिले यस कारागारमा ६३ महिला र ७०९ जना पुरुष रहेका छन् ।

छिमेकी जिल्ला मकवानपुरमा महिला बन्दीगृह नहुँदा र नवलपुरमा अदालत स्थापना भए पनि कैदीबन्दी राख्नका लागि कारागार नहुँदा चितवनमा चाप बढेको उनले बताए । अहिले कारागारमा कैदीबन्दी राख्नका लागिसमेत समस्या पर्ने गरेको र सुताउनका लागि ठाउँसमेत साँघुरो हुँदै गएको छ ।