२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशले निमार्णधीन पोखरा रंगशालालाई आवश्यक बजेट दिने



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा रंगशालाको निरीक्षण गरेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) तयारीका लागि निमार्णधीन अवस्थामा रहेको पोखरा रंगशालाको निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङले पूर्वाधार निमार्णका लागि केही रकम तत्कालै क्याबिनेट बैठक बसी विनियोजित गर्न सक्ने बताएका छन् ।

‘साग सम्पन्न गर्न रकमको अभाव छ भने हामी तत्काल निर्णय गरि विनियोजित गर्छौं, यो गण्डकी प्रदेशको पनि गौरवको विषय हो,’ मुख्यमन्त्री गुरुङले भने । उनीसहित सामाजिक विकासमन्त्री नरदेवी पुन, १३औं साग समितिका पदाधिकारी, खेलकुद पदाधिकारी पत्रकारलगायतको टोलीले रंगशालाको निरीक्षण गरेका थिए ।

सागलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधीन पोखरा फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी, व्याटमिन्टन, बहुउद्देश्यीय कभर्डहलको निरीक्षण गर्दै साग आयोजक समितिका पदाधिकारी समेतलाई भेटी रंगशालाबारे जानकारी लिएका थिए । राजधानी दैनिकबाट