२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसनल मेडिकल कलेजको दमन, विद्यार्थीलाई कलेज प्रवेशमै रोक



अ+ अ-

काठमाडौं । सरकारले तोकेभन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै अनशनमा बसेका विद्यार्थीमाथि वीरगन्जको नेसनल मेडिकल कलेजले दमन गरेको छ । एमबिबिएस पहिलो वर्षमा अध्ययनरत सय विद्यार्थीलाई कलेज प्रशासनले प्रवेशमै रोक लगाएको हो । शुल्क फिर्ताको माग राखेर विद्यार्थीहरू बिहीबार दिउँसो गेटबाहिर रिले अनशन बसेका थिए । दिनभर रिले अनशनमा बसेका विद्यार्थीलाई साँझ होस्टेल छिर्न दिइएन ।

कलेजले उपल्लो तहका केही विद्यार्थीको नाममा गुन्डा प्रयोग गरेर आन्दोलन दबाउन खोजेको पीडित विद्यार्थीको गुनासो छ । यसअघि कलेज प्रशासनले सीधै दमन गर्दा सर्वत्र आलोचना भएपछि अहिले केही सिनियर विद्यार्थी नै उठाएर गुन्डासमेत प्रयोग गरेको विद्यार्थी धनबहादुर तामाङले बताए ।

‘कलेजको मेन गेटबाट छिरेर मात्रै होस्टेलमा जाने बाटो छ, तर सिनियर विद्यार्थीले कलेजको गेटबाटै भित्र जान दिएनन्,’ तामाङले भने, ‘सिनियर विद्यार्थीको नाममा कलेजले गुन्डा प्रयोग गरेको हाम्रो आशंका छ ।’ बढी लिएको रकम फिर्ता वा समायोजन नहुँदासम्म आन्दोलन नरोक्ने विद्यार्थीले बताएका छन् । उनीहरूले समस्या समाधान नहुँदासम्म परीक्षासमेत बहिष्कार गर्ने बताए । १९ मंसिरदेखि मेडिकल शिक्षाका विभिन्न विधाको परीक्षा हुँदै छ ।

सर्वोच्चले माग्यो मेडिकल कलेजमा ७५५ छात्रवृत्ति नदिनुको लिखित कारण:सार्वजनिक मेडिकल कलेजले ७५ प्रतिशत छात्रवृत्ति नदिएकोमा सर्वोच्च अदालतले लिखित कारण मागेको छ । चिकित्सा शिक्षा ऐनले व्यवस्थाअनुसार छात्रवृत्ति नदिएपछि विद्यार्थीले हालेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो । विद्यार्थी मोहम्मद नसिरले आर्मी मेडिकल कलेज, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेस, काठमाडौं विश्वविद्यालयका विस्तारित कार्यक्रम देवदह र विराट मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान, राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा आदेश गरेको हो । ‘छात्रवृत्तिको सम्बन्धमा के–कसो भएको हो, निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? नपर्ने भए आधार र कारण खुलाई लिखित जवाफ दिनू,’ सर्वोच्चको आदेशमा भनिएको छ । नसिरले अन्तरिम आदेशसमेत माग गरेका थिए । आदेश जारी गर्ने वा नगर्ने निर्णयका लागि ८ मंसिरमा दुवै पक्षबीच छलफल गर्ने समय निर्धारण भएको छ । नयाँ पत्रिका दैनिकबाट