२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ अर्ब बराबरको सामाजिक काम गर्दै रोटरी



अ+ अ-

काठमाडौं। रोटरी इन्टरनेसनल ३२९२ नेपाल–भुटानले राजधानीमा विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखको भेटघाट कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई प्रमुख आतिथ्यका रूपमा आमन्त्रित गरिएको थियो । सो क्लबका डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अमेरिकाका लागि पूर्वराजदूत केदारभक्त श्रेष्ठले कार्यक्रमबारे जानकारी दिएका थिए ।

क्लबका पूर्वडिस्ट्रिक गभर्नर एवं नेपाल सरकारका पूर्व मुख्य सचिव तीर्थमान शाक्यले रोटरीले नेपालमा गरेको सामाजिक कार्यका विषयमा प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले रोटरी क्लबका ३२९२ ले नेपालमा गरेका सामाजिक कार्यको प्रशंसा गर्दै विकट क्षेत्रमा पुर्याएको सेवाका लागि रोटरी धन्यवादको पात्र रहेको बताउन पाउँदा आफूलाई खुसी लागेको तथा आफ्नो ऐक्यबद्वतासमेत रहेको बताए ।

मन्त्री ज्ञवालीले आफ्नो गृह जिल्ला गुल्मीमा भएको दैवी प्रकोपमा परी ज्यान गुमाउनेहरूको परिवारलाई रोटरीले पुर्याएको सहयोगको स्मरण गर्दै रोटरीको साक्षरता अभियानमा आफ्नो सहयोग रहने बताए । विभिन्न ११ देशका कूटनीतिज्ञको उपस्थिति रहेको गोष्ठीमा डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले विश्वमा ३४ हजार क्लबको सञ्जाल रहेको रोटरीले नेपालमा यो वर्ष ३ अर्बबराबरको सामाजिक कार्य गर्ने जानकारी दिँदै हाल नेपालमा १ सय २१ वटा क्लबमार्फत करिब ४ हजार ७ सय रोटरीहरूले सामाजिक सेवा गरिरहेको बताए । राजधानी दैनिकबाट