११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतले दिएको आदेशविरुद्ध महरा गए उच्च अदालत



अ+ अ-

काठमाडौं । जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै पूर्वसभामुख कृष्णबहादुर महराले बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका छन्।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोगमा डिल्लीबजार कारागार चलान भएका महराले बिहीबार जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गराउन माग गर्दै निवेदन दिएको रजिष्ट्रार बाबुराम दाहालले बताए।

‘महराले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन माथि कैफियत प्रतिवेदन मागको लागि शुक्रबार इजलास पेस गरिँदैछ। त्यसपछि उनको निवेदन सुनुवाइको प्रक्रियामा जान्छ।

जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो।