११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ महिनामा चार किलोमिटर सडक कालोपत्र



अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने निमार्णाधीन हुलाकी सडकको काम गति सुस्त छ । तीस महिनाभित्र निर्माण सक्ने गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण व्यवसायीलाई जिम्मा दिइएपनि हालसम्म डोकेबजार–बेलौरी खण्डमा चार किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ ।

“सडक निर्माणको ३३ महिना पूरा भयो”, हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका इञ्जिनीयर पदमबहादुर मडैले रासससित भन्नुभयो, “अहिले तीनवटै प्याकेजमा करीब ६० प्रतिशत काम सकिएको छ ।” तीन वटा प्याकेजमा ठेक्का गरिएको सडकको पहिलो र दोस्रो खण्डको समयावधि गत भदौमा सकिएपछि आठ महिना म्याद थपिएको उहाँले बताउनुभयो ।

डोकेबजारदेखि बलौरीसम्मको २० किलोमिटर र बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा शर्मा–राजेन्द्र जेभीले पाएको थियो । “यी दुई प्याकेजमा ६० प्रतिशत काम सकिएको छ”, इञ्जिनीयर मडैले भन्नुभयो, “अन्तिम प्याकेज ९बेल्डाँडीदेखि दैजीसम्म० को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले रुख कटान प्रक्रिया नै एक वर्षपछि थालिएको थियो ।”

त्यसैगरी बीचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धीसाई जेभीले पाएको भएपनि निर्माण भने अहिलेसम्म ५५ प्रतिशत मात्रै हुन सकेको छ ।“पहिलो प्याकेजमा चार किलोमिटर सडक बनेर छेउछाउमा नालीलगायतका अन्य संरचना बन्दैछन्”, मडैले भन्नुभयो, “काम द्रुत गतिमा भएकाले पहिलो र अन्तिम प्याकेज आगामी चैतमा सम्पन्न हुनेमा आशावादी छौँ ।”

रु एक अर्ब नौ करोडभन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न नहुँदा दक्षिण क्षेत्रका नागरिकले भने सास्ती खेप्नुपरेको छ । “वर्षात्मा हिलो र हिउँदमा सडकको धुलोले आजित भयौँ”, पुनर्वासका स्थानीय रामसाहेद रानाले भन्नुभयो, “जनप्रतिनिधिले पनि सडक निर्माण समयमा सक्न आग्रह गर्दा पनि काम सम्पन्न हुन सकेको छैन ।”